बिना अनुमति नेपाली गीतसंगीतको प्रयोग गर्नेलाई नेप्सिनेको २१ दिने अल्टिमेटम

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बिगत सात बर्षदेखी गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय कम्पनि नेप्सिनेले विश्वबजारमा बिना अनुमति नेपाली गीत संगीतको प्रयोग गर्ने तथा बिभिन्न कार्यक्रम आयोजकहरुलाई गीत संगीतको लाईसेन्सिंग को रोयल्टी रकम तिर्न र विवरण बुझाउन भनि २१ दिनको समय दिएको छ ।

नेप्सिनेका सिईओ रायन रेजले हस्ताक्षर गरेको सार्वजनिक सूचना पत्रमा तोकिएको मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीत को प्रतिलिपि अधिकार उल्लंघन गरे बाफतको रोयल्टी रकम नेप्सिनेलाई बुझाउनु पर्नेछ । अन्यथा उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने नेप्सिनेले जनाएको छ । उक्त प्राप्त रकम नेप्सिनेले सम्बन्धित अधिकार वालालाई अत्याधुनिक प्रणाली द्वारा व्यक्तिगत खातामै जम्मा गर्ने ब्यबस्ता गरेको छ ।

संसारभरी गायक र गायिकाले कार्यक्रममा प्रस्तुति दिदा होस् या कसैले गीत संगीतलाई व्यवसायिक प्रयोग गर्दा होस्, सबैले सम्बन्धित गीतको गीतकार, उत्पादक कम्पनि र संगीतकारबाट अनिबार्य अनुमति लिनु पर्ने प्राबधान रहेको छ । र अनुमति लिनका लागि निश्चित रकम दिनु पर्ने हुन्छ तर नेपालमा यो अभ्यास गरेको देखिन्न । नेप्सिने कम्पनि बिगत केही महिना देखि नेपाली र अन्य भाषाको गीत संगीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको काम गर्दै आइरहेको छ ।

जसको कारण नेपाली सांगीतिक क्षेत्र र श्रष्टाहरु लाई ठुलो आर्थिक टेवा पुग्ने देखिन्छ । नेप्सिनेले नेपाली सांगीतिक क्षेत्रको मुहार फेर्ने र सम्पूर्ण श्रष्टाहरु र संगीत धनीको हक अधिकार सुनिश्चित बनाउने युगान्तकारी अभियानमा अघि बढेको छ । हाल सम्म करिब १०० को हाराहारीमा गीतकार संगीतकार र म्युजिक कम्पनिहरुसंग सम्झौता गरी करिब ५० हजार भन्दा बढीको नेपाली गीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको अधिकार नेप्सिनेले लिएको छ ।