भाइरल केन्द्रित बन्दै म्युजीक भिडियो

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

अहिले सामाजिक सञ्जालका कारण नयाँ प्रतिभा बाहिर आउन समय लाग्दैन । कसैसँग अनौठो तथा केहि नयाँ प्रतिभा छ भने रातारात सामाजिक सञ्जालको माध्यमबाट भाइरल हुन्छन् । बिशेषगरी फेसबुक र टिकटकले अहिलेको समयमा अध्यधिक नयाँ प्रतिभा आइरहेको देखिन्छ । यसैबिच कतिपय राम्रा प्रतिभा निस्किएका छन् भने कतिपय यतिकै आफ्ना अनौठा धारणा राख्दैपनि भाइरल बनिरहेका छन् ।

यसैबिच अहिले नेपाली सांगितीक क्षेत्रमा पनि भाइरल केन्द्रित म्युजीक भिडियो बन्न थालेका छन् । छोटो समयमै निकै चर्चामा पाएकाहरुलाई लिएर म्युजीक भिडियो निर्माण गरेपछि युट्युव लगायतका भिडियो सेयरिङ साइटमा छोटो समयमै लाखौंपटक हेरिने भएकाले ध्यान यसतर्फ केन्द्रित भएको देखिन्छ । भाइरल हुँदै म्युजीक भिडियोको पर्दामा आएका कतिपयको प्रतिभा त राम्रो हुन्छ तर कतिपयको भने बिनाप्रतिभा जबरजस्त भिडियोमा उतारिएको हुन्छ ।

‘‘युट्युवका टे«न्डिङ हेर्ने हो भने गुल्मिका बालक सचिन परियार देखिनुहुन्छ । बिशेषगरी ति बालकको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालमा खुबै मन पराउन थालियो ।’’

हामी यहाँ सामाजिक सञ्जालमार्फत भाइरल बन्दै आएका केहि नयाँ प्रतिभाहरुले काम गरेका म्युजीक भिडियोको चर्चा गरौं । पछिल्लो दुईसाता यताको फेसबुक, टिकटक र युट्युवका टे«न्डिङ हेर्ने हो भने गुल्मिका बालक सचिन परियार देखिनुहुन्छ । बिशेषगरी ति बालकको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालमा खुबै मन पराउन थालियो । सानो उमेरमा सचिनको बोल्ने शैलीले सबैलाई अचम्म पा¥यो । कुनै नयाँ प्रतिभा नभई गुल्मिको एक गाउँमा हुर्किदै गरेका ति बालकको बोल्नै शैली नै सामाजिक सञ्जालमा यत्रतत्र भयो । थुप्रै युट्युबरले सचिनसँग कुरा गरेर भिडियो सिरिज अनुसारनै अपलोड गर्न थाले र निकै हेरिन थाल्यो । गतसातासम्म टिकटक एपमा सर्वाधिक हेरिने भिडियोपनि सचिनको प¥यो । अहिले नेपालको युट्युवको टे«न्डिङमा हेर्ने हो भने सचिनका भिडियोहरु थुप्रै छन् । गतसाता सचिनको स्वरमा रहेको ‘ओठ खोलेर’ बोलको गीत नेपालको युट्युवको टे«न्डिङको पहिलो स्थानमै आएको थियो । शुक्रबार साँझसम्म पनि उक्त भिडियो टे«न्डिङको पाँचौ स्थानमा रहेको छ । साथै भिडियोलाई मात्र झण्डै ५० लाख पटक हेरिएको छ । १ लाख ५७ हजार बढी लाइक आएको छ भने ७ हजार बढीले प्रतिक्रिया दिएका छन् ।

यस्तै उनै सचिनले टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’मा गएर बोलेका कुरा पनि नेपालको युट्युवको टे«न्डिङमै छ । अहिले उक्त कार्यक्रम टे«न्डिङको २७ औं स्थानमा छ । यो भिडियो पनि दुईसाता अघि युट्युव टे«न्डिङको उच्चा स्थानमै थियो । अहिले बिस्तारै उनको क्रेज खस्किदै छ ।

यस्तै अर्का युवक प्रकाश चन्दलाई पनि सामाजिक सञ्जालमा निकै हेरिन्छ । बिशेषगरी उहाको कला भनेको स्व. अभिनेता श्री कृष्ण श्रेष्ठको आवाजको नक्कल गर्नु हो । प्रकाशले स्व. अभिनेता श्रेष्ठको जस्तो आवाज निकालेर अभिनेत्री श्वेता खड्कालाई दिएको सन्देश भन्दै बोलेका शब्द सामाजिक सञ्जालमा निकै छरिए । अभिनेता श्वेताको बिहेको सन्दर्भमा प्रकाशले बोलेका हरेक कुराहरु युट्युवको ट्रेन्डिङमा आइरहे । र अन्ततः एकटिमले प्रकाशलाई लिएर म्युजीक भिडियो निर्माण गर्ने तयारी ग¥यो । अहिले प्रकाश एकपछि अर्को म्युजीक भिडियोमा ब्यस्त देखिन्छन् ।

प्रकाशले अभिनय गरेको ‘सिन्धुर’बोलको गीत नेपालको युट्युवको टे«न्डिङको १० औं स्थानमा छ । उक्त भिडियोमा प्रकाशको अभिनयमात्र छ । गीत भने गायक रबि ओड र गायिका स्मिता दाहालले गाउनु भएको हो । भिडियो शुभ मिडियाले निर्माण गरेको हो ।

यस्तै केहिसमय अघिदेखी टिकटकमा छरिएका अर्का दिपेश थापा नाम गरेका बालकले पनि म्युजीक भिडियोमा अभिनय गर्नुभएको छ । टिकटकमा बेसुरा गीत गाएरै भाइरल बन्नुभएका ति बालकले टिकटकमा ‘म बाघको साथी हुँ’ भन्दै गरेका ठट्टा नै भाइरल भए । त्यसपछि युट्युबरका अन्तर्वार्ताहरु निकै हेरिन थाल्यो । अहिले उनै दिपेशको स्वरमा एक गीत रेकर्ड भइसकेको छ । गायक बिशाल रायमाझिले काठमाडौं बोलाएर उक्त बालकको स्वरमा गीत रेकर्ड गराइसक्नुभएको छ । भिडियो पनि छायांकन भइसकेको छ । यसैसाता भिडियो सार्वजनिक गर्ने तयारीमा टिम जुटेको छ ।

यस्तै अहिले सामाजिक सञ्जालमा यो ट्रेन्ड निकै चलेको छ । अन्य थुपै पात्र छन् जो सामाजिक सञ्जालमा भाइरल बनेकै कारण म्युजीक भिडियोमा निकै ब्यस्त छन् । यसरी प्रतिभा भएकालाई म्युजीक भिडियोको क्षेत्रमा प्रवेश गराई भबिष्य बनाउनु त राम्रै देखिन्छ तर कुनै प्रतिभा नै नभएकाहरुलाई छिनभरको चर्चाका लागी म्युजीक भिडियोमा काम गराउनु ति बालक तथा भाइरल भएकाहरुको समय बर्बादिनै भएको देखिन्छ । छिनभरका भाइरल पात्रहरु फेरी पहिलेकै अवस्थामा आएका उदाहरणहरु धेरै छन् ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)