युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लामो समयदेखी युवा प्रेरकको रुपमा काम गर्दै आउनु भएकी जमुना वनको नयाँ गीत सार्वजनिक गरिएको छ । यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गाउनुभएकी जमुनाले अहिले फेरी नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक गरिएको हो । गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङले कम्पोज गर्नुभएको छ । एरेन्ज भने देवेश राईले गर्नुभएको छ ।

गीतबारे बोल्दै जमुनाले दर्शक तथा स्रोताबाट प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ । ‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ’ जमुनाले भन्नुभयो । ‘अहिलेको गीत पनि मिहिनतका साथ बनाएका छौं आशा छ दर्शक स्रोतामाफ मनपर्छ ।’ जमुनाले आफूलाई गीतसंगीतमा लाग्न साथीभाईले उत्प्रेणा दिएको बताउनुभयो ।

गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ । भिडियो न्युटोन लांथासाको निर्देशन रहेको छ । पृथ्वीराज दुत्ताको छायांकन रहेको छ ।

Video: