आर्टिष्ट खबर/ फागून ११, काठमाडौं ।

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छिन्। मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगीतामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो। रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को बिजेता भएपछि छानिएकी हुन्। ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हनेछिन्। २१ बर्षीय रायमाझी प्रतियोगीताका लागि मार्चको पहिलोसाता इजिप्ट उड्ने तयारीमा छिन्। कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफुले प्रचार गर्ने उनले बताइकी छिन्।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौ सहभागी रहेकी छिन्। यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए। मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इ को’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ। ‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए। ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहृकी छिन् ।

११ फाल्गुन २०७७, मंगलवार ०४:३७