न्यायमूर्तिहरुलाई मेरो सलाम छ: भूवन केसी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको फैसला स्वागत योग्य भएको भन्दै यतिबेला राजनितिक दल तथा आम नागरिकले खुसियाली मनाइरहेको देखिन्छ । यसैबिच नेपाली कलाकारहरुले पनि यो बिषयमा सामाजिक सञ्जालमा आआफ्नो मत राखिरहेको देखिन्छ ।

अभिनेता भुवन केसीले सर्वोच्चको फैसलापछि फेसबकमा स्टाटस लेख्दै सर्वोच्चको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गर्नुका साथै हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको बताउनु भएको छ ।

उहाले लेख्नुभएको छ, ‘हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ । संवैधानिक संकट त ट¥यो तर नेतृत्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला ।’

उहाले राजनीतिज्ञहरुलाई ‘मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला’ पनि भन्नुभएको छ । नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसी प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । गतवर्ष चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उहा केही पटक बालुवाटार समेत धाएको बुझिन्छ । तर, बोर्ड अध्यक्षको नियुक्ति दिने आश्वासन दिएर धोका दिएको भन्दै उहा  प्रधानमन्त्री ओलीसँग रुष्ट रहेको बताइन्छ । मंगलवार साँझ सर्वोच्च अदालतले संसद पुनसर््थापनाको पक्षमा ऐतिहासिक फैसला गरेको हो ।