‘नेपाल टप म्युजिक अवार्ड’को आवेदन खुल्ला

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आयोजक युथ ग्रुप नेपालले नेपाली गीतसंगीतको प्रचारप्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । सोमबार एक बिज्ञाप्ती जारी गर्दै अवार्डको सबै बिधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ ।

‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा बर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका जुनैपनि गीतसंगीतले सहभागीता जनाउन सक्नेछन् ।

सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तराष्ट्रिय भिडियो, चर्चित गीत,  चलचित्र गीत, भाषागत र प्रादेशीक तर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिव तीन दर्जनबढी बिधा अवार्डमा समेटिएको छ ।

अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सुचि जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए । नयाँ बर्षको असारमा एक भब्य कार्यक्रम सहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीतसंगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ ।