अनलाइन गायन र नृत्य प्रतियोगीता सकियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजना गरेको अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२० को गायनतर्फ राजेश लामा प्रथम, शान्ति राई दोश्रो र डा. विजय गुरुङ तेश्रो भएका छन् ।

त्यस्तै नृत्यतर्फ पूर्ण लामा प्रथम, शेखर घर्तिमगर दोश्रो र सविता मगरले तेश्रो स्थान हाँसिल गरे । इनास नेपाल च्याप्टरको समन्वयमा इनास ग्लोबलले शनिवार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ट्रफि तथा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, इनास नेपाल च्याप्टरका सल्लाहकार तथा चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी, इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्ले, सल्लाहकार लक्ष्मण लम्साल र इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले संयुक्त रुपमा विजयीहरुलाई बधाई तथा शुभकामनाका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताको गायनतर्फ मीरा राणा, मधु क्षेत्री, सुवास सुन्दास, प्रदिप बम्जन र शर्मिला बर्देवा निर्णायक थिए भने नृत्यतर्फ राजु शाह, कविराज गहतराज, सरिता हुमागाइँ, जगत खड्का, रामजी लामिछाने र पवित्रा आचार्यले निर्णायकको भूमिका थिए ।