२८ लागिन् आलिया

मुम्बई , एजेन्सी ।

बलिउड इंडस्ट्रीकी सफल अभिनेत्री आलिया भट्टले आज आफ्नो २८औँ जन्मदिन मनाउँदै छिन् । अभिनेता रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेर उच्च चर्चामा रहेकी आलिया सन् १९९३ मार्च १५मा जन्मिएकी हुन् । उनी आफूलाई सानै उमेरदेखिनै नयाँ पुस्ताकी एक सफल अभिनेत्रीको रुपमा चिनाउन सफल भएकी छिन् । उनले १७ बर्षको उमेरमा चलचित्र 'स्टुडेन्ट अफ द ईयर'मार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् । २०१२ प्रर्दशनमा आएको उक्त चलचित्र बक्स अफिसमा हिट सावित भयो। उनले यस चलचित्रमा दुई अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्राले सँग स्क्रिन सेयर गरेकी थिइन् ।यस चलचित्रमार्फत नै वरुण र सिद्धार्थले पनि बलिउडमा डेब्यू गरेका हुन् ।

रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि प्रेममा रहँदै आएका छन् । केही समयअघि बिभिन्न भारतिय भिडियामार्फत उनीहरूले आफूहरु बिवाहको तयारीमा रहेको बताउँदै आएका थिए। तर रणवीका पिता ऋषि कपूरको निधनपछि हाल उनीहरुको बिवाहको हल्ला सेलाएको छ । अलियाका अनुसार अहिलेनै उनीहरु बिवाहको तयारीमा नरहेको बताएकी छिन् । उनीहरुको प्रेमको विषयलाई लिएर भारतिय मिडियाले निकै मसालेदार न्यूजहरुहरु बनाइरहेका छन्। यि लवबर्डका आफन्त, शुभचिन्तकहरुले यो जोडी छिट्टै बिबाह बन्धनमा बाँधिएको हेर्ने रहर गरेका छन् ।

जन्मदिनको अवसरमा उनलाई आज बिहानदेखि शुभकामना दिनेहरुको ओइरो लागेको छ । यस जन्मदिनमा प्रेमी रणवीर कपूर र उनले एक भब्य पार्टीको आयोजना गरेका थिए । तर एक्कासी रणवीरमा कोरोना संक्रमण देखिएपछि उक्त पार्टी अहिले स्थिगीत गरेको आलियाले बताएकी छिन् । प्रेम सम्बन्धमा बाँधिसकेपछिका हरेक जन्मदिन आलियाले रणवीरको साथमा मनाउँदै आएकी छिन् ।