महानायक राजेश हमाल महिला कि तेश्रोलिङ्गी ? (‘सकुन्तला’ भुमिका)

...

rajesh hamal in sakuntala movieपुस २१, काठमाडौं । यहाँ उल्लेखित तस्बिर हेर्दा लाग्न सक्छ महानायक राजेश हमाल एक महिलाको भुमिकामा देखिएका छन् । यो हमाल अभिनित फिल्म ‘सकुन्तला’को छायांकन तस्बिर हो ।’सकुन्तला’को छायांकनस्थलमा खिचिएको तस्बिर बाहिरीएको हो ।

केहि समय अघि ‘सकुन्तला’को प्रेस मिट कार्यक्रममा सकुन्तला फिल्ममा को बन्ला सकुन्तला भन्ने कुरा खुलाउन नचाहेका हमाल अहिले आफुले नै सकुन्तलाको भुमिका निर्वाह गरेको बुझ्न सकिन्छ । तर हमाल फिल्ममा महिला नभएर तेश्रोलिङ्गीको भुमिकामा आउँदैछन् । फिल्ममा छोटो भुमिकामा तेश्रोलिङ्गीको भेषमा देखिन्छन् या केहि छोटो सिनका लागि तेश्रोलिङ्गी बनेका हुन् त्यो भने फिल्म हेरेपछि नै थाहा होला तर अहिले यति बुझौं कि सकुन्तलामा हामी हमाललाई तेश्रोलिङ्गीको भुमिकामा पनि देख्न सक्नेछौं ।

सार्वजनिक तस्बिरमा महानायक राजेश हमाल र निर्देशन दिनेश श्रेष्ठलाई देख्न सकिन्छ । फिल्मको छायांकन करिब ७० प्रतिशत सकिएको फिल्म युनिटले जनाएको छ । फिल्ममा हमालका साथमा नायिका अनु शाह र किशोर खतिवडाको मुख्य भुमिका रहेको छ ।