‘चेहरे’को पोष्टरबाट गायब भएकी रिया ट्रेलरमा देखिइन्

मुम्बई (एजेन्सी) ।

प्रतिलक्षित बलिउड चलचित्र 'चेहेरे'को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता अमिताभ बच्चन र इमरान हास्मीको मुख्य भूमिका रहेको यस चलचित्रबाट अमिताभ र इमरान पहिलो पटक पर्दामा एक साथ देखिँदै छन्। आनन्द पन्डितको निर्माणमा रहेको चलचित्र रूमी जेफरीले निर्देशन गरेका हुन्। जसमा अमिताभ र इमरानबाहेक सिद्धान्त कपुर, क्रिस्टिल डिसुजा,अन्नु कपुर, धृतमन चटर्जी र रघुवीर यादव, रिया चक्रवर्तीको पनि अभिनय रहेको छ।

चलचित्रमा अमिताभ वकिलको भूमिकामा छन् भने इमरान एक व्यवसायीको भूमिकामा छन्। थ्रिलर जनरामा निर्माण भएको यस चलचित्र अप्रिल ९मा सार्वजनिक प्रर्दशनमा आउँनेछ । केही समयअघि सार्वजनिक गरिएको यस चलचित्रको पोष्टरलाई लिएर निकै चर्चा भइरहेको थियो । पोष्टरबाट अभिनेत्री रिया चक्रवर्तीलाई हटाइएको थियो। मुख्य भूमिकामा रहेका अन्य सबै कलाकारहरुलाई पोष्टरमा फिचर गरिरहँदा रियाले भने स्थान पाएकी थिइनन् । चलचित्रबाटै उनलाई हटाइएको हो की भन्ने अनुमान लगाइएको थियो । तर ट्रेलरमा भने उनलाई देखाइएको छ। चलचित्रमा उनको पनि भूमिका रहेको छ ।