‘थलाइवी’कोलागि कंगनाले २० केजी तौल बढाएकी थिइन्

मुम्बई,एजेन्सी ।

तमिलनाडुकी दिवंगत मुख्यमन्त्री जयललिताको बायोपिकमा आधारित चलचित्र 'थलाइवी'को ट्रेलर मंगलबार सार्वजनिक गरिएको थियो। अभिनेत्री कंगना रनौतको जन्मदिनको अवसर पारेर उक्त ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर आएसँगै अहिले फिल्मी क्षेत्रमा कंगनाको खुब चर्चा भइरहेको छ।

जयललिताको भूमिकामा उनको क्यारेकटरलाई दर्शकले दमदार भनिरहेका छन्। कंगनाले जयललिता देखिन् खुब मिहिनेत गरेको ट्रेलरमा देख्न सकिन्छ। भूमिकामा फिट हुनका लागि उनले २० केजी तौल बढाएकी थिइन्।

एल विजयले निर्देशन गरेको यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रर्दशन हुनेछ। विष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको चलचित्र अप्रिल २३ देखि प्रर्दशनमा आउँनेछ । चलचित्रमा कंगनासँगै अरविन्द स्वामी, नासार, भाग्यश्री, राज अर्जुन र मधु बालाको पनि प्रमुख भुमिका रहेको छ।