दुर्गेश थापाको ‘मोटर सरर’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको नयाँ म्यूजिक भिडियो ‘मोटर सरर’ सार्वजनिक भएको छ। गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीतमा अमर वन्तुको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ। सुव्रतराज आचार्यको निर्देशनमा बनेको यसै भिडियोबाट सजीनाले अभिनयमा डेब्यू गरेकी हुन्। गायक दुर्गेश थापाले यस गीतमा आकर्षक नृत्य गरेका छन्। दुर्गेशको साथमा विजय, गीता र सजीनाको नृत्य पनि उत्तिकै आकर्षक रहेको छ।

यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ। यो गीतको भिडियोमा प्रमोद के.भण्डारीको कोरियोग्राफी रहेको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दिपेन गौतम ‘माईकल’ हुन्।