‘अनन्त’मा कर्मा र लक्ष्मी एकसाथ देखिँदै

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

शनिबारबाट चलचित्र ‘अनन्त’को छायांकन सुरु गरिएको छ। २० दिनमा छायांकन सक्ने लक्ष्य लिएर निर्माण टिम फ्लोरमा निस्किसकेका छन्। अभिनेता कर्मा शाक्य र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहँने यस चलचित्रको छायांकन भक्तपुरबाट सुरु गरिएको हो। पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका कर्मा र लक्ष्मीले एकअर्का सँग काम गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन्। लक्ष्मीको प्रशंसक कर्माले यस चलचित्रमा लक्ष्मी भएका कारण चलचित्रको प्रस्ताव स्विकार गरेको बताएका छन्। यस्तै लक्ष्मीले पनि कर्मासँग काम गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताएकी छिन् ।

उनी भन्छिन् 'उहाँसँग काम गर्ने ठूलो रहर थियो। अब त्यो रहर पुरा हुने भएको छ।' लभस्टोरी जनरामा निर्माण हुने ‘अनन्त’ले प्रेमका लागि गरिने त्यागको कथा बोल्नेछ । जेसन लोप्चनले निर्देशन गरिरहेका चलचित्रको पटकथा जेसनले नै लेखेका हुन्। बबिन दुलालको छायांकन, नव विजय श्रेष्ठको लगानी रहेने चलचित्रको  सह–निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्का रहेका छन् भने सहायक निर्माताको रुपमा तेजबहादुर श्रेष्ठ र दीपेश राउत रहेका छन्।