भुमि पेडनेकरलाई कोरोना संक्रमण

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री भुमि पेडनेकरलाई कोरोना संक्रमण पुष्टी भएको छ । केही समयअघिदेखि बलिउडका स्टार्सहरुलाई एकपछि अर्को गर्दै कोरोनाले पछ्याउदै आएको छ। यसअघि बलिउडका हस्तीहरु रणवीर कपूर, सञ्जय लीला भन्साली, कार्तिक आर्यन, मनोज बाजपेयी,आमिर खान, फतिमा शेख, बप्पी लाहिरी र आलिया भट्ट, अक्षय कुमार, गोविन्दा कोरोना संक्रमित भइसकेका छन्।

उनीहरुले आफू संक्रमित भएको खबर सामाजिक संजाल मार्फत जानकारी दिँदै आएका छन्। भुमिले पनि आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छिन्। ‘मैले सक्दो सावधानी अप्नाउँदा अप्नाउदै पनि म कोरोना संक्रमित भएँ। हाल म डाक्टरको निगरानीमा रहेको छु र ठिक महसुस गर्दै छु। मेरो सम्पर्कमा आउनुभएको यहाँहरु सबैलाई कोरोना टेष्टका गर्नकालागी अनुरोध गर्दछु।'

उनले यस भाइरसलाई समान्य रुपमा नलिन अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन् 'मास्क लगाइराख्नुहोस,हात धुनुहोस्, सामाजिक दूरी कायम राख्नुहोस् र तपाईंको स्वाथ्यलाई निकैध्यान दिनुहोस्।'