आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

लामो समयको मेहनतपछि गायिका तथा मोडल सुनिता खड्काले आफ्नो महत्वाकांक्षी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। उनले गायक राजन बिसीसंग यूगल गायन गरेको गीत ‘मसान घाट को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका तथा मोडल सुनिता खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका हुन् ।साढे १४ मिनेट लामो उक्त गीतलाई गीति कथाको रुपमा चित्रण गरिएको छ ।छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा फिल्म अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।अभिनेता गराचलाई सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु आदिले साथ दिएका छन् ।भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली आदि कलाकारले पनि अभिनय गरेका छन्।

केशवराज भट्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुकेश हुमागाईं तथा उनको समुहले छायांकन, पदम सुनारको सम्पादन तथा रंग संयोजन रहेको छ। शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको गीतको भिडियोलाई दर्शकले निकै मनपराएका छन्।

२४ चैत्र २०७७, मंगलवार ०६:३३