‘श्री’ नै मेरो करिअरको बेस्ट फिल्म’–सन्दिप क्षेत्री

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

निकै छोटो समयमै छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।  जम्मा ७२ घण्टामा छायांकन सकिएको यो चलचित्र लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेका हुन्। यसबारे निर्माण टीमले मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए। नयाँं बर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्। पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए । ‘ट्रेलर एकदमै राम्रो लाग्यो। त्यसपछि मैले निर्देशक सूर्य दाईलाई सम्पर्क गरेर यो चलचित्र त हलमै प्रदर्शन गर्नुपर्छ । त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरें,’ करणले भने, ‘दाई पनि आफ्नो फिल्म हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ । कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु ।’

‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले यो चलचित्र आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत बिश्वास गरेर अबसर दिएकोमा धन्यवाद ब्यक्त गरे । ‘मैले अहिलेसम्म अभिनय गरेको चलचित्र हरु मध्ये ‘श्री’ उत्कृष्ट छ । मैले मेरा सन्ततीलाई तिम्रो बाबुको चलचित्र  हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो बिषमपरिस्थितिमा पनि सूर्य दाईले आँट गरेर चलचित्र बनाउनु भयो । अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दैहुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’ उनले सम्पूर्ण चलचित्रप्रेमीलाई हलमै पुगेर ‘श्री’ हेरिदिन आग्रह गरे । अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र चलचित्रको चर्चा गरे । उनले बिषम परिस्थितिमा समेत हिम्मतका साथ चलचित्र निर्माण गरि प्रदर्शन गर्न लागीएकोमा खुशी प्रकट गरे। चलचित्रकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राबिधिकहरुलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने बिश्वास ब्यक्त गरिन् । एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको चलचित्रको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांकन गरिएको थियो । कार्यक्रममा चलचित्रका सम्वाद लेखन शिबम अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कँुवरले पनि ‘श्री’ निर्माण प्रक्रिया र परिस्थितिको बिस्तार लगाएका थिए ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् । ‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो चलचित्रमा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ।’ चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन्।

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो। कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ।’ निर्देशक बोहरा भन्छन्। निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ।