यूगान्डाकी वियोन्ससँग नयाँ गीत गाउँने तरखरमा मदनकृष्ण

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

केही समय अगाडी नेपाली चर्चित गीत ‘फुलबुट्टे सारी’ कभर गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग लोकप्रिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले एकसाथ गीत गाउँने भएका छन्। विभिन्न भर्सनमा सार्वजनिक गरिएको यस गीतलाई  मदनकृष्ण श्रेष्ठले पनि स्वर भरेका थिए । उक्त कभर संगको भिडियो पनि बनाइएको थियो जहाँ उनले अभिनेत्री मिथिला शर्मासँग भरपूर रोमान्स गरेका छन्। उक्त गीत र भिडियो दुबैले लोकप्रियता हासिल गरेको थियो ।

वियोन्सको नेपाली आवाजसँगै गाउने शैलीले निकै चर्चा पायो । उनको स्वरमा लाखौँ नेपालीहरुले टिकटक बनाएका छन् । वियोन्सको आवाजमा  ‘फुलबुट्टे सारी’ सुनेपछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गरेका थिए । उनले त्यो इच्छा पुरा गरिसके। मदनकृष्णसँगको भेटमावियोन्सले पनि आफ्नो सपनाहरु मध्य एक ठुलो सपना पुरा भएको बताएकी थिइन् । अब भने मदनकृष्ण वियोन्ससँग अर्को नयाँ गीत गाउने तयारी गर्दैछन् ।