आर्टिष्ट खबर/चैत,काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा ९ महिना अघि सार्वजनिक भएको गीत‘ओए काजल’लाई युट्युवमा दुई करोड पटक हेरिएको छ। गायक तथा मोडल चक्र बलमे बनाएको यो गीत केहि महिना अघिसम्म नेपाली सांगितीक क्षेत्रमा निकै चर्चामा थियो। फरक शैलीको गीत र भिडियो भएकाले पनि दर्शकले अत्यधिक मन पराएका थिए। साथै यो गीत बिशेषगरी नेपालको पश्चिम क्षेत्रमा अत्यधिक मन पराइएको थियो ।

गीतका गायक तथा मोडल चक्र बमले युट्युवमा दुई करोड पटक हेरिएको खुसीयालीमा बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी खुसी साटे। गीतको टिम, केहि अन्य गीतसंगीतका सर्जक तथा सञ्चारकर्मिहरुसँग बसेर चक्रले केक काटेका थिए। यो गीतले नै चक्रलाई सांगितीक क्षेत्रमा पहिचान बनाएको थियो। कार्यक्रममा गायक चक्रले आफुलाई देशैभरि चिनाएको र गीतले नसोचेको सफलता हात पारेको बताए।

कोरोनाले दिएको समयलाई सदुपयोग गर्दै ‘ओए काजल’ ल्याएको चक्रले बताए। उनी भन्छन्, ‘सुदूरपश्चिममा बोल्ने टोन, भाषा र गीतहरु त्यहीं मात्र सीमित हुन थालेको थियो। म त्यहाँको भएको हिसाबले किन मेरो ठाउँको चिजहरु मेरो ठाउँमा मात्रै बज्छ। किन अरु ठाउँ जान सक्दैन भन्ने रिर्सचमा लागे। जसकारण ‘ओई काजल’ जन्मियो ।’ सबैले मेरै हो भनि सुनिदिएर गीतसंगीतको कुनै भाषा, भेग र सीमा हुँदैन भन्ने प्रमाणित गरेको चक्रले सुनाए । गीतमा स्वर, शब्द, म्युजिक र अभिनय समेत चक्रको नै रहेको छ।