चर्चा राजेशको फिल्म र राजेश कै

...

rajesh hamal and shiva shresthaपुस २२, काठमाडौं । केहि समय अघिको कुरा गर्ने हो भने महानायक राजेश हमालको समाचार कमै सुनिथ्यो । किनकी राजेश हमालले फिल्महरु कमै खेलेका थिए । फिल्महरु कमै अफर आउने र कमै खेल्दै गएका महानायक हमाल यतिखेर भने फेरी चर्चामा छन् । पछिल्लो समय एक पछि अर्को फिल्म खेल्न थालेका हमालको चर्चा यतिखेर दिनहु जस्तै छ ।

लामो समय पछि फिल्म ‘बाग्मती’मा अभिनय गरेका हमालको यहि आउँदो शुक्रबार बाट अल नेपाल बाग्मती प्रदर्शनमा आउँदैछ । फिल्ममा हमालका साथमा अर्का एक्सन नायक शिव श्रेष्ठ पनि छन् । मंगलबार राजधानीमा संगै भेटिएका हमाल र श्रेष्ठले ‘बाग्मती’ निकै राम्रो बनेको तर्क समेत दिए । नेपालमा एक फरक प्रविधीको फिल्म बनेकोले एक पटक सबैले हेर्नुपर्ने भनाई समेत उनीहरुको थियो ।

पोष्ट प्रोडक्शनको सम्पुर्ण काम भारतमा नै गरिएको फिल्मको मेरुदण्डको रुपमा, निर्देशक, सिनेमाटोग्राफी, साउण्ड तथा राजेश हमाललाई लिईएको छ । फिल्म प्रस्तुतीमा बिजयले दिनेश दर्शनधारीसँग सहकार्य गरेका छन् भणे अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् । यशोधा राई, सुवर्ण महर्जन लगायतको समेत लगानी रहेको फिल्ममा हमाल र शिवसैगै ध्रुब कोईराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, केकी अधिकारी लगायत अभिनयमा छन् ।

यता राजेश हमाललाई लिएर सकुन्तला फिल्म बन्ने भन्ने समाचार बाहिर आए लगत्तै चर्चा राजेश हमालकै छ । सकुन्तला फिल्ममा सकुन्तला भुमिका कसले निभाउँदै छ भन्ने कुरा सस्पेन्स रहने भन्ने कुरा चलिरहँदा हमालको महिला भेषको तस्बिर बाहिरीँदा सकुन्तलाको चर्चा अझ बढि हुँदैछ । उक्त तस्बिरलाई हेर्दा सकुन्तलामा पनि राजेशले केहि फरक भुमिका निभाएको बुझ्न सकिन्छ । सकुन्तलामा महानायक हमालका साथमा नायिका अनु शाहको मुख्य भुमिका रहेको छ ।