हलमा ‘श्री’ प्रर्दशनमा, कति कमाउला?

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ आज (शुक्रबार)देखि देशभरका हलमा प्रदर्शन भएको छ। लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए।

नयाँं बर्षको अवसर पारेर दर्शकमाझ आएको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्। पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए ।

‘ट्रेलर एकदमै राम्रो लाग्यो। त्यसपछि मैले निर्देशक सूर्य दाईलाई सम्पर्क गरेर यो फिल्म त हलमै प्रदर्शन गर्नुपर्छ। त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरें,’ करणले भन्नुभयो, ‘दाई पनि आफ्नो फिल्म हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ। कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु।’

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन्। ‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो। निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन्। चलचित्रमा सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ ।