‘सबै अवार्डको गरिमा उत्तिकै’: पल शाह र दुर्गेश थापा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली म्युजीक भिडियो तथा चलचित्र क्षेत्रमा युवास्टार पल शाहले शुक्रबार आयोजीत दुई वटा अवार्ड समारोहमा दुबै तर्फ उत्कृष्ट मोडलमा अवार्ड पाउनु भयो । बिशेष गरी आयोजना हुने हरेक अवार्डमा उत्कृष्ट मोडलको रुपमा सम्मान सहितको अवार्ड पाउने पल शाहले शुक्रबार सम्पन्न दोस्रो ज्योती फिल्मस् म्युजीक अवार्ड र ११ औं बिन्दाबासिनी म्युजीक अवार्डमा ‘फुल बुट्टे सारी’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड पाउनु भएको हो ।

जमलस्थित राष्ट्रिय नाँचघर जमलमा आयोजीत दोस्रो ज्योती फिल्मस अवार्डमा अवार्ड लिन पुग्नु भएका पलले आफ्नो लागी हरेक अवार्ड उत्तिकै महत्पुर्ण लाग्ने बताउनु भयो । ‘सबै अवार्डको गरिमा उत्तिकै हुन्छ । अवार्ड, सम्मान भनेको आफ्नो कामको लागी हौसला हो र मलाई यो अवार्ड पाउदै गर्दा थप जिम्मेवारी बढेको अनुभूती गरेको हो ।’ पलले भन्नुभयो । ‘आज पाएको अवार्ड र सुरुवातको संघर्षको दिनमा पाएको अवार्ड मेरो लागी उत्तिकै महत्वपुर्ण हुन् ।’ पलले फुलबुट्टे सारी गीतको तर्फबाट अहिलेसम्म तीनवटा अवार्ड पाइसक्नु भएको छ । यस्तै अहिलेसम्म दर्जनौं अवार्ड लिइसक्नु भएको छ ।

अवार्ड समारोहमा पलसँगै चर्चित मोडल तथा गायक दुर्गेश थापा पनि सँगै हुनुहुन्थ्यो । दुबै अवार्ड समारोहमा सँगै जानुभएका र सँगै निस्किनु भएका पल र दुर्गेश दुबैले आफूहरुका लागी अवार्ड निकै महत्पुर्ण लाग्ने बताउनु भयो । ‘बर्षभरी खेती गरेर बाली भित्राउँदा किसानहरुलाई जति खुसी लाग्छ, त्यस्तै हो आजको दिन हाम्रो लागी । अवार्ड पाउँदा निकै खुसी छौं ।’ दुर्गेशले ‘आलु जस्तो गायक’ बोलको अवार्ड पाएपछि हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो । ‘यो अवार्ड दिलाउनुमा दर्शक तथा स्रोताको उत्तिकै हात छ सबैभन्दा धेरै धन्यवाद दर्शक, स्रोतालाई दिन चाहान्छु ।’

नायक पल पछिल्लो समय अवार्ड समारोहमा गएको दृश्यहरु सामाजिक सञ्जालमा निकै चर्चाको बिषय बन्छन् । बिशेष गरी म्युजीक भिडियोमा सँगै काम गर्ने महिला मोडलसँगको प्रेम चर्चा मिडियामा खुबै हुने गरेको पाइन्छ । अवार्ड समारोहमा जाँदा तपाईको चर्चा निकै हुन्छ नि भन्ने  सञ्चारकर्मि प्रश्नमा पलले एक वाक्यमा भन्नुहुन्छ, ‘यो पनि राम्रो कुरा हो ।’ यस्तै छेऊमै रहनु भएका दुर्गेशको श्रीमती र बच्चाको कुरामा सञ्चारकर्मिले गरेको रमाइलो कुराकानीमा पललाई पनि बिहेको लागी आतुर लाग्दैन भनेर सोधिएको थियो । पलले यो बिषयमा हरेक मानिसको समय आउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुर्गेशको समय आएको थियो, बिहे भयो, अहिले बच्चा भयो । मेरो पनि समय आउँछ अवस्य हुन्छ ।’

पछिल्लो समय अवार्ड आयोजना बढी भइरहेको समयमा पलले समय मिलेसम्म सबैमा पुग्ने बताउनु भयो ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)