फिल्म ‘हामी तिन भाइ’ बन्दै

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मधुसुदन भट्टराइको निर्देशन रहने चलचित्र ‘हामी तिन भाइ’ निर्माणको घोषणा गरिएको छ। राजेश हमाल,श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीको हिट चलचित्र ‘हामी तिन भाइ’को नाम लिएर यो चलचित्रको निर्माण गर्न लागिएको हो। उक्त चलचित्र स्वर्गीय शिव रेग्मीले निर्देशन गरेका थिए।

साजित महतले निर्माण गर्न लागेको चलचित्रमा सलोन बस्नेत,विकास चापागाँई, शिशिर राणा, नरेन्द्र केसी र सदिक्षा पाण्डे मुख्य भूमिकामा रहनेछन्। चलचित्रको कार्यकारी निर्माताको रुपमा विक्रम तामाङ्ग रहेका छन्। यसबाहेक अन्य कलाकारहरुको छनोट गर्न बाँकी रहेको निर्माण पक्षको भनाई छ। हिमाल केसीको एक्सन, नरेन्द्र कुमार सिंहको छायांकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहेको चलचित्र पारिवारिक प्रेम कथामा आधारित रहने छ।