कोरोनाका कारण अभिनेता सतिश कौलको निधन

आर्टिष्ट खबर/चैत,काठमाडौं।

कोरोना भाइरससँग लडिरहेका महाराष्ट्रका दिग्गज अभिनेता सतिश कौलको शनिबार निधन भएको छ। कौरकी बहिनी सत्या देवीले उनकोे निधनको पुष्टिगरेकी हुन्। उनले इन्डियन एक्सप्रेसलाई भनेकी छन् , ‘पछिल्लो ५–६ दिनदेखि उहाँलाई ज्वरो आइरहेको थियो। त्यसैले बिहीबार उहाँलाई हामीले श्री रामा च्यारिटेबल अस्पताल भर्ना गरायौँ। अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि उहाँलाई कोरोना संक्रमण भएको रहेछ।’ उहाँको पार्थिव शरीरको आइतबार नै अन्त्येष्टि गरिएको छ।

गत वर्ष मिडियासँग कुरा गर्दै कौलले देशव्यापी लकडाउनका कारण आर्थिक पीडामा परेको बताएका थिए। उनले भनेका थिए ‘म औषधि, ग्रोसरीलगायत आधारभूत आवश्यकताहरुका लागि पनि संघर्ष गरिरहेको छु। म इन्डष्ट्रिका मानिसहरुसँग मलाई सहयोग गर्न अपिल गर्छु। मैले अभिनेताका रुपमा धेरै माया पाएको छु। अब भने एक मानवको रुपमा केही सहयोग चाहन्छु।’

७४ वर्षीय कौलले पन्जाबी, हिन्दी गरी ३०० चलचित्रमा काम गरेका छन्। उनका चर्चित धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भगवान् इन्द्रको भूमिकामा थिए। ७० को दशकमा अभिनय करियर सुरु गरेका कौलको ‘राम लखन’, ‘प्यार तो होना हि था’ ‘अन्टि नम्बर १’ बलिउडका चर्चित चलचित्र हुन्।