आमा बन्दै गरिमा पन्त

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिवाह गरेकी नायिका गरिमा पन्त आमा बन्दै छिन्। उनले सामाजिक संजालमा  ‘बेबी बम्प’ सहितको एक फोटो सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि उनी निकै उत्साहित देखिएकी छिन्। उनले फोटो सेयर गर्दै लेखेकी छिन् –‘श्रृष्टीबाट श्रृष्टीकर्ता,जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।’ केही समयअघि अर्की नायिका प्रियंका कार्कीले पनि 'हामी गर्भवती छौँ' भन्दै एक बेबी बम्प’ सहितको फोटो सेयर गरेकी थिइन्।

त्यसतै भर्खरै नायिका ऋचा शर्माले पनि आफू गर्भवती भएको खबर सामाजिक संजालमार्फत जानकारी दिएकी छिन्। प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस गरेको भन्दै उनले लेखेकी छिन्। ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउन सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ। ’केही समयकी निकै हिट नायिका गरिमा पन्त हाल नेपाली चलचित्रबाट गुमनाम भएकी छिन्।