किपालयले १० जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो। नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको  आयोजकले जनाएको छ ।

कार्यशालाकी प्रबन्ध निर्देशक आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी गराएकी छिन्। ‘महिला फिल्ममेकरलाई फिल्म निर्माणमा आधारभूत ज्ञान दिने उद्देश्यले यो कार्यशाला गर्न लागेका हौं । यसमा फिल्म निर्माणमा रुचि हुने देशभरका महिला फिल्मकर्मीले सहभागिताका लागि आवेदन दिन सक्नुहुनेछ,’ आश्माले भनिन्।

आश्माका अनुसार कार्यशालाको समयावधि १ महिनाको रहनेछ भने कार्यशाला काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ । उनले कार्यशालामा फिल्म निर्माणको धेरथोर अनुभव भएका महिलालाई प्राथमिकता दिने जानकारी गराइन् । किपालयका प्रोजेक्ट हेड नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने जनाए । ‘छानिएका १० जनालाई हामीले पहिलो चरणमा काठमाडौंमै फिल्ममेकिङका आधारभूत ज्ञान दिन्छौं र दोस्रो चरणमा मकवानपुरको चित्लाङमा साँच्चिकै फिल्म कसरी बनाउने भन्ने बारेमा सिकाउँछौं,’ नवले भने । कार्यशालामा १८ देखि २४ वर्ष भित्रका महिलाले आवेदन दिन सक्नेछन् भने  इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबारसम्ममा निवेदन सक्नेछन् । कार्यक्रममा आवेदनका लागि कुनै शुल्क नतोकिएको किपालय प्रडक्सनले जनाएको छ । योसँगै कार्यक्रममा छनोट हुने १० जना फिल्ममेकरले पनि कुनै पनि चरणमा पैसा तिर्नु पर्नेछैन । कार्यशालासँगै खाने, बस्ने र सुटिङसम्मको सुविधा पनि आयोजक स्वंयले बेहोर्ने जनाएको छ।