कोरोना नेगेटिभ देखिए पनि आफूलाई आइसोलेट गर्दै केकी

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">चर्चित नायिका केकी अधिकारीलाई कोरोना पोजिटिभ देखिएपछि उनको भूमिका रहने चलचित्र ‘घिन्ताङ’को छायांकन रोकियो। केकीमा कोरोना संक्रमण देखिएसँगै सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको यस चलचित्र केही दिन पछि सारिएको छ। केकीले पहिलो पटक कोरोना टेष्ट गर्दा पोजिटिभ देखिएपछि केकी होम क्वारेन्टाइनमै रहँदै आएकी छिन्। हाल भने उनले आफ्नो फेसबुक मार्फत कोरोनाभाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी गराएकी छिन्। तीन दिन पछि पुनः परिक्षण गराउदा उनको नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि हाललाई आफूलाई आइसोलेट गरेर राखेको उनले जानकारी गराएकी छिन्। पहिलो पटक पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ। उनले लेखेकी छन्, ‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो।&nbsp; नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’</p><p style="text-align: justify; ">‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्।,’ यसअघि चलचित्रको छायांकन सुरु गर्ने तयारी हुँदै गर्दा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो । अब भने केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षको भनाई छ।&nbsp;<br></p>