छायांकनमा ‘आँधी तुफान–२’

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

दिनानुदिन बढ्दै गएको कोरोनका कारण धमाधम चलचित्रको प्रदर्शनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने खासै प्रभाव परेको छैन। दोश्रो लहरको कोरोना बढ्दै गएपछि नेपाल सरकारले वैशाख मसान्तसम्म चलचित्र हलहरु बन्द गर्ने निर्णय गरिसकेको छ।

यसैगरी सस्पेन्स, थ्रीलर जनरामा निर्माण हुने चलचित्र ‘आँधी तुफान–२’को छायांकन  सुरु गरिएको छ। चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पूजा गर्दै  बिहीबारबाट चलचित्र छायांकन सुरु गरिएको हो। मदन घिमिरेको निर्देशन रहने यस चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, कनिजका कोइराला, मुकुन्द थापा, ध्रुव कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ, संजय खतिवडा र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ। मौनता श्रेष्ठले निर्माण गर्न लागेको चलचित्रमा सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ।

नारायण चालिसे निर्माण नियन्त्रक रहेको चलचित्रको छायाँकन काठमाडौं, काभ्रे र धुलिखेल हुने बताइएको छ। दश बर्ष अघि प्रर्दशनमा आएको सफल चलचित्र ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान–२’मा कनिज कोइराला खलनायकको रुपमा रहेका छन्।