अस्ट्रेलियामा फेरी ‘गोर्खे’ प्रदर्शन हुँदै

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

चलचित्र ‘गोर्खे’ अस्ट्रेलियामा फेरी प्रदर्शन गरिने भएको छ। कोरोना भाइरसका कारण गरिएको लकडाउन पछि एकपटक प्रदर्शन भइसकेको यो चलचित्र फेरी पनि ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सले अस्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन गर्ने भएको हो।

क्यानबेराका नेपाली दर्शकमाँझ आगामी अप्रिल २३ मा यो चलचित्र प्रदर्शन गरिने बताइएको छ। गोर्खेको क्यानभेरा प्रदर्शनका लागि डि व्वाइज इभेन्ट्सलाई यु रेमिट हसल फ्रि ले सहकार्य गरेको छ । क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुन लागेको चलचित्रका लागि टिकट बुकिङ खुला गरिएको छ । डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले दर्शकको उल्लेख्य सहभागिता रहने बताउनु भयो । उनले भने, ‘सिड्नीको सफलतापछि हामीले क्यानबेरामा प्रदर्शन गर्दैछौं। कोभिडको असरका बाबजुद पनि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन गर्न सकिएकोमा र नेपाली दर्शकले साथ दिएकोमा सबैप्रति कृतज्ञ छु ।’

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । चलचित्रमा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ । यस चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ। छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन । कोरोना कहरका बाबजुदपनि यो चलचित्र नेपालमा प्रदर्शन भएको थियो । चलचित्र हेर्ने दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका छन्।