फेरी वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

केही समय अघि ‘फूलबुट्टे सारी’ नेपाली कभर गीत गाएर चर्चामा आएकी अफ्रिकन गायिका द क्याप्टेन वियोन्से फाम्सीले फेरी एक पटक प्रत्यक्ष रुपमा दर्शकलाई झुमाएकी छिन्। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’को उद्घाटन समारोहमा उनले ‘फूलबुट्टे सारी’गाउँदै दर्शक झुमाएकी हुन्। कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतसँगै त्यहाँ उपस्थित सबैले उनको गीतको मज्जा लिँदै उनको नेपाली टोनसँगै नेपालप्रतिको मायाको खुलेर प्रशंसा गरे।

८ नेपाली लामा छोटा चलचित्रसहित ९ वटा अफ्रिकन गरेर १५ चलचित्र सहभागी रहेको उक्त महोत्सवमा सांस्कृतिक संस्थान लगायत विभिन्न सङ्घसंस्थाको कलाकारको समेत विभिन्न प्रस्तुति रहेको थियो। फेस्टिभलको उद्घाटन मन्त्री ज्ञवालीले नै गरेका हुन् ।

वियोन्सेको नेपाली आवाजसँगै गाउने शैलीले निकै चर्चा पायो। उनको स्वरमा लाखौँ नेपालीहरुले टिकटक बनाएका छन्। वियोन्सको आवाजमा ‘फुलबुट्टे सारी’ सुनेपछि लोकप्रिय कलाकार तथा गायक मदनकृष्णले वियोन्ससँग भेटेका थिए। विभिन्न भर्सनमा सार्वजनिक गरिएको यस गीतलाई  मदनकृष्ण श्रेष्ठ आफैले पनि स्वर भरेका छन्। अब भने मदनकृष्ण वियोन्ससँग अर्को नयाँ गीत गाउने तयारी गर्दैछन् ।