१५ वैशाखबाट ‘कबड्डी ४’को छायाँकन सुरु

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

हाल कोरोना फेरी पुर्णरुपमा सक्रिय हुँदै आएपछि बिभिन्न क्षेत्रमा यसको प्रभाव पर्न थालिसकेको छ। यस भाइसरले अन्य क्षेत्रसहित चलचित्र वृत्तमा पनि असर पारिरहेको छ। कोरोनाका कारण प्रर्दशनको तयारीमा रहेको चलचित्र स्थगीत हुनुका साथै फ्लोरमा निस्किएका चलचित्र समेत थन्किन थालेका छन्। तर केही चलचित्र भने एक पछि अर्को गर्दै छायांकनमा निस्किरहेका छन्।

त्यसैगरी कोरोना त्रासबीच चलचित्र ‘कबड्डी ४: द फाइनल म्याच’को छायाँकन सुरु हुने भएको छ। शनिबार नक्सालस्थित एक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको यस चलचित्र रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन्। निर्माण टिम यहीँ १५ वैशाखबाट फ्लोरमा निस्किने  गुरुङले बताएका छन्। ‘कबड्डी’को यस अन्तिम सिरिज भनिएको चलचित्रको प्रदर्शन मिति घोषणा भने आगामी असोज १५ गतेलाई तोकिएको छ। मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माताको रुपमा रहेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहनेछ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्। शैलेन्द्र डी कार्कीको छायाँंकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहने चलचित्रमा निमेष श्रेष्ठको सम्पादन रहने छ।