‘फोटो फिरिममा २’ लाई चोरीको आरोप लागेपछि युट्युबबाट हटाइयो

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

मोडल शिशिर भंडारीको गीत फोटो फिरिमलाई दर्शकले अत्याधिक मनपराएपछि 'फोटो फिरिम २ :रुमाल चिनो छ'सार्वजनिक गरिएको थियो। हाल उक्त गीत युट्युब बाट हटाइएको छ। यो गीत शिशिर आँफैले युट्युब बाट हटाएका हुन्। केही दिन अघि लोक दोहोरी गीत 'औँठी चिनो छ'सँग यो गीतको लय मिल्न गएको भन्दै गीतलाई चोरीको आरोप लागेको थियो। दोहोरी गीत 'औँठी चिनो छ' टिमले यस गीतलाई चोरीको आरोप लगाएपनि शिशिरले भने उक्त गीत सँग आफ्नो गीतको लय नमिल्ने बताउँदै आएका थिए।

विशाल निरौलाको संगीत समायोजनमा तयार भएको गीत शिशिरको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको थिए। शिशिर सँगै जुना सुन्दास,रिस्ता बस्नेत,प्रकाश रामदाम,श्रद्धा गौतम,पूजा गौतम,सरूँ गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी,अविनाश गौतम, निक शर्मा र वसन्त भण्डारीको अभिनय रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन र दिन्सन शाहको सम्पादन रहेको छ। गीतले दर्शकको निकै राम्रो प्रतिक्रिया थियो र गीत सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै यूट्युब ट्रेन्डिङमा पर्न सफल भएको थियो।