कोरोनाको कारण रेकियो ‘तिमीसँगै हुने मन छ’को छायांकन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/</span><span style="font-weight: 700;">बैशाख,काठमाडौं।</span></pre><p style="text-align: justify; ">हाल कोरोनाको जोखिम उच्चस्तरमा बढ्दै गएपछि सरकारद्दारा लकडाउनको घोषणा गर्ने तयारी भइरहेको छ। वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा हुने लगभग निश्चित भइसकेको छ। यस्तै केही समयअघि देखिनै वैशाख महिनाभर सरकारले चलचित्र हल बन्द गर्ने निर्णय गरिसकेको थियो। यसअघि चलचित्रको प्रर्दशनमा रोक लगाइएपनि चलचित्र छायाँकन भने भइरहेको थियो। हाल भने फ्लोरमा निस्किएका चलचित्र पनि बीचमै अलपत्र पर्ने अवस्था देखिएको छ।&nbsp;</p><p style="text-align: justify; ">यस्तै छायाँकनको तयारीमा रहेको चलचित्र पनि अब रोकिन थालेको छ। यसैबीच निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’ टिम मुम्बइ फर्किएको छ। यहीँ बैशाख ५ गतेबाट छायांकन सुरु गर्ने तयारी गर्दै दिवाकरले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाएका थिए। तर कोरोनाको जोखिम बढेसँगै परिस्थिती अनुकुल नभएपछि छायांकन रोकिएको हो। हाल दिवाकरको निर्देशन रहने यो&nbsp; चलचित्र टिम आ आफ्नो बाटो फर्किएका छन्। अब, चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ, टुंगो नभएको निर्माण टिमले जानकारी दिएका छन्। चलचित्रको छायांकन पोखरामा गर्ने तयारीमा रहेको थियो। तर जताततै कोरोनाको संक्रमण बढ्न थालेपछि हाललाई चलचित्र छायाँकन स्थगीत गरिएको छ। यस चलचित्रमा&nbsp; दिपिका प्रसाँई रोहित सुचान्ती,र नाजिर हुसेनको मुख्य भूमिका रहनेछ ।&nbsp;</p>