प्रविनको गीतमा दिनेश, मानस, भिम र पुनम

आर्टिष्ट खबर. वैशाख, काठमाडौं ।

हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत 'एउटै तस्विर' सार्वजनिक गरिएको छ । यो गीतको अडियो तथा भिडियो मानस राज नामक यूट्युब च्यानलबाट रिलीज भएको हो । यो गीतका शब्दकार दिपेन्द्र के थापा हुन् ।

गीतको भिडियोमा संचारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ । गीतको भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाईरहेका तीन उमेर समूहका पुरुषहरुलाई देखाईएको छ । संचारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको ुभाईरल भैदियोु बोलको गीत बहुचर्चित बनेको थियो भने अर्को गीत ुहिरो( भाईरल भैदियो २ु लाई पनि लाखौंले हेरेका छन् । गायक भिमका गीतहरु 'मिनरल वाट' तथा 'चम्चा पिलेट'चर्चित छन् ।

यो गीतको भिडियोको निर्देशन माईकल चन्दले गरेका छन् । भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेको छ ।