अस्ताए लोकप्रिय गायक प्रेमध्वज प्रधान (भिडिओ रिपोर्ट)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं लगायतका दर्जनौं चर्चित गीतका वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८४ वर्षीय प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको कोभिड १९ को नतिजा भने नेगेटिभ छ ।

प्रेमध्वजको जन्म सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो ।

प्रेमध्वजले आफ्नो जीवनकालमा थुप्रै मान सम्मान प्राप्त गरेका छन् । तीनबर्ष अगाडी प्रेमध्वजलाई अजर अमर सम्मान प्रदान गरिएको थियो । जुन भिडिओ फुटेज आर्टिष्ट खबरमा सुरक्षित छ ।

भिडियो रिपोर्ट हेर्नुहोस् ।