‘बाँच्छु भन्ने आशा थिएन, ठट्टा नगरौं’

गोपिकृष्ण चापागाईं/ वैशाख, काठमाडौं

डेढसाता अघि हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को छायांकनमा ब्यस्त हुनुहुन्थ्यो सिरियलका काकु अर्थात दीपक प्रसाद आचार्य । देशभर दोस्रो चरणको कोभिड १९ को हल्ला फैलिरहदा आफ्नो टिमसहित सुरक्षित भएर छायांकन गरिरहनुभएका दीपकलाई छायांकनको समयमा आफू अस्वस्थ भएको अनुभव भएको थिएन ।

अर्कोदिनबाट दीपकको शरिर भारी हुन थाल्यो । हातको जोर्निहरु एकदम दुख्न थाले । ज्वरो आयो । ज्यान दुख्यो । तै पनि केहिदिनमा निको होला भन्दै घरमा तातो पानी, बेसार पानी खाएर बसेको र निको नभएपछि घरमै चिकित्सकलाई बोलाएर स्वाब परिक्षण गर्न लगाउनु भयो । नतिजा पोजेटिभ आयो । आज दीपकलाई कोरोना संक्रमण भएको १० दिन पुगिसकेको छ ।

‘शरिर निकै गाह्रो भएको छ, अहिलेपनि सास फेर्न गाह्रो भएको छ । मलाई त हिजो सम्म बाँच्छु जस्तो लागेकै थिएन । आज थोरै बोल्न सक्ने भएको छु । तर निकै पिडा भइरहेको छ ।’

होम आइसोलेसनमा बस्नुभएका दीपकलाई हाम्रो टिमले फोन सम्पर्क गर्दा बोल्न निकै गाह्रो भएको बताउनु भयो । दीपकलाई सास फेर्न गाह्रो भएको प्रष्ट बुझिन्थ्यो र सुनिन्थ्यो । दिपकले कोभिडलाई लापरवाहि नमानौं भन्दै केहि सन्देश दिन खोज्नुभयो । ‘शरिर निकै गाह्रो भएको छ, अहिलेपनि सास फेर्न गाह्रो भएको छ । मलाई त हिजो सम्म बाँच्छु जस्तो लागेकै थिएन । आज थोरै बोल्न सक्ने भएको छु । तर निकै पिडा भइरहेको छ ।’ दीपकले गाह्रो हुँदैपनि भन्नुभयो । ‘अहिले चिकित्सकको सल्लाहमा मेडिसिन लिएको छु । समय समयमा बोमिट हुन्छ, खाना रुच्दैन ।’

दीपकले कोभिडलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो । ‘आफूलाई नपरी मानिस सचेत हुँदैन, लापरवाही नगरौं । यतिधेरै गाह्रो हुँदो रहेछ अहिले मैले भोगिरहेको छु । अस्पताल जाउँ बेड छैन । धन्न चिनेको चिकित्सक हुनुहुन्थ्यो र फोनबाटै पनि परामर्श लिइरहेको छु ।’ दीपकले होम आइसोलेसनमा बस्दा पुस्तक पढ्ने गरेको तर मोबाइल, टिभि तथा पुस्तकपनि लामो समय हेर्दा टाउको दुख्ने, रिँगटा लाग्ने गरेको सुनाउनुभयो ।

दीपकलाई यसअघिको पहिलो चरणको कोभिड १९ले छोएको थिएन  । अहिले संक्रमण भइरहदा बाहिर हल्ला सुनेभन्दा धेरै गाह्रो भइरहेको र सबैलाई सचेत रहन बिन्ति गर्नुभयो । ‘संक्रमण भएपछि निको बनाउन जसले संघर्ष गरेको उसलाई थाहा हुन्छ यसको पिडा कस्तो हुन्छ भनेर ।’ दीपकले भन्नुभयो । ‘संक्रमण हुनु अगाडी नै सबैले आफ्नो ख्याल गरौं ।’ (समाचार हिमालय टाइम्समा प्रकाशित छ)