महामारीमा कलाकारको कर्तब्य

गोपिकृष्ण चापागाईं/ जेठ, काठमाडौं ।

नेपालमा दिनप्रतिदिन कोभिड १९ (कोरोना भाइरस)को संक्रमण तिब्ररुपमा फैलिरहेको छ । दैनिक डेढसय बढीले ज्यान गुमाइरहेको र झण्डै १० हजारको दरले संक्रमण भइरहदा सरकारलाई यसको ब्यवस्थापन गर्न निकै हम्मे परिरहेको छ ।

सरकारले स्थानियस्तरबाट जनतालाई आफ्नो सुरक्षा आफै अपनाउन बारबार आग्रह गरिरहेको छ । सुरक्षा अपनाउदै गर्दा पनि भइरहेको संक्रमण दर उच्च् हुँदा देशभरका अस्पतालमा बेडको संख्या अभाव भइरहेको छ । अक्सिजन ग्यासका सिलिण्डर नपाउँदा बिदेशी देशहरुलाई सहयोगको अपिल गरिरहेको छ । यसरी दिनप्रतिदिन संक्रमण एकको दुई हुँदै फैलिनुमा जनता आफै सचेत नहुनु पनि मुख्य दोष मान्न सकिन्छ । यसका लागी सचेतनाको कमि तथा मनोमानी गरेको देखिन्छ ।

सरकारले मिडियामार्फत सुचना जारी गरिरहदा पनि अझै गाउँ दुरदराजका जनतामा शिक्षाको कमि छ । यो संक्रमण कसरी फैलिन्छ र कसरी संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा ज्ञानको कमि छ । यसका लागी सरकारले मात्र नभई बिभिन्न बौद्धिक, प्रतिष्ठित तथा कलाकारहरुले पनि यो बिषयमा सचेतना फैलाउनु पर्ने हुन्छ । समाजमा कहलिएका ब्यक्तित्व तथा कलाकारहरुबाट सम्प्रेषित कुनैपनि सुचना आम मानिसले छिटो ग्रहण गर्ने भएकाले कलाकारहरुको भूमिका बिशेष रहन सक्छ ।

राष्ट्रलाई अप्ठ्यारो परेको अवस्थामा राष्ट्रका गहना मानिने कलाकारहरु आफ्नो क्षेत्रबाट बिभिन्न सन्देश प्रभाव गर्नुपर्ने हुन्छ । गायन क्षेत्रमा रहेकाले गीत गाएर तथा अभिनयमा रहेकाले बिभिन्न नाटकको माध्यमबाट सुचना प्रभाव गर्नुपर्ने हुन्छ । यसैबिच नेपालमा फैलिरहेको कोरोना संकटका बिच केहि कलाकारहरुले आफ्नो कर्तब्य निभाइरहेको देखिन्छ तर कतिपय कलाकारहरुपनि अहिलेको बिषयमा केहि चुईपनि बोलेको पाइदैन ।

नेपालका निकै लोकप्रिय कलाकारहरु महजोडी अथार्त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोरोना कहरमा समयसमयमा सकारात्मक सन्देश प्रवाह गरिरहनु भएको छ । हरिवंश आचार्यले केहिदिन अघिमात्रै गीत गाउनुभएको थियो । कोरोनाबाट बच्न सकिने उपायहरु गीतमार्फत सन्देश फैलाइएको थियो । पहिलो चरणको कोरोना कहरमा हरिवंश दम्पत्तिनै संक्रमित हुनुभएको थियो भने अहिले दोस्रो चरणको कोरोना कहरमा मदनकृष्ण श्रेष्ठ सहित परिवारका सदस्यनै कोरोनाबाट संक्रमण हुनुभयो । यसका साथै उहाँहरुले भोगेका अनुभव साट्दै सामाजिक सञ्जालमार्फत सन्देश दिइरहनुभएको छ ।

यस्तै अभिनेता राजेश हमाललाई जनताले महानायकका उपाधि दिएका छन् । अभिनेता हमालबाट जनताले धेरै अपेक्षा गरेका हुन्छन् । आर्थिक सहयोगमा अग्रसर नभएपनि हमालले सामाजिक सञ्जालमार्फत सुरक्षित रहन आग्रह गरेको देखिन्छ । तर अभिनेता हमालले एक आग्रह कलाकारहरु भएको हिसाबमा जति गर्नुपर्ने हो त्यो सहयोग खासै देखिन्न । यस्तै नेपाली चलचित्रक्षेत्रका निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा सकारात्मक कुराहरुमात्र गर्ने भन्दै स्टाटस राख्नुभएको छ ।

युवापुस्ताका लोकप्रिय नायक पल शाह पनि केहिदिन यता लगातार फिल्डमा उत्रिनुभएको छ । अर्थात अस्पतालहरुमा अक्सिजन सिलिन्डरको अभाव भइरहदा ‘हाम्रो टिम नेपाल’ समुहसँग मिलेर पलले अक्सिजन सिलिन्डर उपलब्ध गराइरहनुभएको छ । एक कलाकार भएर देश तथा जनताका लागी सोचेको भन्दै दर्शकले सरहानिय काम भन्दै प्रसंसा तथा धन्यवाद दिएका छन् । यो टिममा गायक तथा मोडल दुर्गेश थापा पनि सक्रिए हुनुहुन्छ ।

गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न वितरण सुरु गर्नुभएको छ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले यसअघिको पहिलो चरणको कोरोना कहरको लकडाउनमा घरमै रहेर बिभिन्न भिडियो सन्देश बनाउनु भएको थियो ।

यसरी हेर्दा केहि कलाकारहरु यस्तो अवस्थामा आफ्नो कर्तब्यबाट नजिक रहेर सहयोग गरिरहनुभएको छ भने कतिपय चर्चित तथा लोकप्रिय कलाकारहरु पनि गुपचुप नै बसेको देखिन्छ । हुन त यस्तो बेला भिडभाड नगर्ने र घरबाट बाहिर ननिस्किने भनेर सरकारले आग्रह गरेपछि घरबाट बसेर साधारण भिडियोको माध्यमबाट आम मानिसमा दिन सकिने सुचना पनि धेरै कलाकारले दिएको देखिन्न । युवास्टार अनमोल केसी, प्रदीप खड्का लगायतका स्टारहरुबाट एक भिडियो सन्देश तथा स्टाटस लेखिएको देखिदैन । यस्तै अभिनेता भुवन केसीसँगै लोकप्रिय गायकहरु शम्भुजित बासकोटा, प्रमोद खरेल, शिव परियार, गायिका अन्जु पन्त, मेलिना राई लगायत दर्शकमाझ निकै लोकप्रिय दर्जनौं कलाकारहरु मौन बसेको देखिन्छ । (समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)