कोरोना संक्रमणबाट निर्देशक चोपडाको मृत्यु

जेठ, काठमाडौं ।

भारतीय चलचित्रका स्क्रिप्ट राइटर सुबोध चोपडाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सुवोध सन् १९९७ देखि नै चलचित्रमा सक्रिय रहनु भएका स्क्रिप्ट राइटर हुनुहुन्थ्यो । उहाले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेख्नुभएको छ ।

चोपडाले  वि.सं २०२३ मा निर्माण भएको नेपाली चलचित्र ‘माइतीघर’को कथालाई अगाडि बढाउँदै अभिनेता भुवन केसीसँगको सहकार्यमा ‘माइतीघर २’ बनाउने तयारीमा हुनुहुन्थ्यो ।

चोपडाको मृत्युको खबरबारे अभिनेता भुवनले आफ्नो फेसबुकमा लेख्नुभएको छ,  ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । माइतीघर २ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो । तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिरहेको छैन ।’

‘माइतीघर २’ उनको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा समेत अभिनेता भुवले गर्नुभएको छ ।