‘वीर विक्रम २’ युट्युवमा हिन्दी भाषामा हेर्न पाइने

जेठ, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रले पनि भारतीय बजारमा बिस्तारै छाप जमाउँदै छ । हिन्दी भाषामा डब गरी नेपाली चलचित्र भारतीय हलहरुमा प्रदर्शन हुन थालेका छन् । केहि समयअघि चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भाषामा डब भइसकेको निर्माण टिमले जनाएको थियो । उक्त चलचित्र कोरोना महामारी सकिएपछि हलमै प्रदर्शन गर्ने भनिएको छ ।

यस्तै अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि हिन्दी भाषामा डब गरिएको छ । नेपालको हल तथा युट्युवमा प्रदर्शन भइसकेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरी युट्युवमा अपलोड गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिनुभएको छ । मिलनले भारतका हलमै प्रदर्शन गर्ने तयारी हुँदै गर्दा कोरोना कहर सुरु भएकाले युट्युवमा अपलोड गरिने जानकारी दिनुभएको छ ।  चलचित्र एक महिना भित्र युट्युवमा हेर्न सकिनेछ ।

मिलनले भन्नुभएको छ, ‘हामीले सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाले भारतका सिनेमा हल अनिश्चितकालका लागि बन्द भएका छन् । अब यूट्युबमै फिल्म रिलिज गर्दैछौं । फिल्मको हिन्दी डब निकै राम्रो भएको छ ।’ उहाले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गर्नुभएको छ ।

साउथ फिल्मको हिन्दी डबिङ गर्ने कलाकारहरुले ‘वीर विक्रम २’ मा भ्वाइस ओभर गरेको निर्देशक चाम्सले बताउनुभयो । यो फिल्म नेपालका सिनेमा हलसँगै यूट्युबमा सार्वजनिक भइसकेको छ ।