सलमानको ‘राधे’ क्लियर टिभीको ‘मुभी अन डिमाण्ड’मा हेर्न सकिने

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ गएको शुक्रबारबाट डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक भइरहेको छ । कोभिड १९ को संक्रमण फैलिरहेकोले विश्वभरी हलमार्फत प्रदर्शन गर्न नमिल्ने अवस्था आएपछि बिभिन्न डिजिटल माध्यमबाट ‘राधे’ हेर्न सकिने बताइएको छ ।

यसैबिच नेपालमा ‘राधे’ हेर्नका लागी क्लियर टिभीको 'मुभी अन डिमाण्ड'मार्फत हेर्न सकिनेछ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत ‘राधे’लाई प्रसारण गरिरहेको छ ।

क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुने बताइएको छ । चलचित्र मात्र २ सय ९९ रुपैंयामा हेर्न सकिनेछ । क्लियर टिभीका ग्राहकले ‘राधे’ हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्ने अथवा आधिकारीक वेवसाइट www.cleartv.com.np/mod  बाट पनि सेवा सम्बन्धी थप जानकारी लिन सक्ने बताइएको छ । क्लियर टिभी नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो ।