गायिका कबिताले गरिन् विपन्न परिवारलाई सहयोग, घरमा छानो लाग्दा वंशको परिवारमा खुसीयाली

गोपिकृष्ण चापागाईं/ जेठ, काठमाडौं ।

गायिका कबिता श्रेष्ठले सिन्धुलीको माझिटारका एक बिपन्न परिवारलाई सहयोग गरेकी छिन् । गायिका कबिताले दिनहु ज्याला मजदुरी गरेर घर चलाउँदै आएका वंश बहादुर कार्की र प्रमिला कार्कीको घरमा छानो हालिदिएकी हुन् । आर्थिकस्थिती निकै कमजोर रहेको र आफ्नो जग्गा जमिन पनि नभएको कार्की परिवारलाई गाउँकै मानिसहरुले बसुन्जेलका लागी भन्दै २ कोठाको घरका लागी पर्खाल उठाइदिएका थिए । तर बिगत एक महिना देखी घरमा छानो राख्न सकेका थिएनन् ।

उक्त परिवारको अवस्था देखेर आफूले सहयोग गरेको गायिका कबिताले बताएकी छिन् । 'गाउँमा मानिसहरुले जनतन गरेर पर्खाल उठाइदिनुभएको रहेछ तर छानो राखिएको रहेनछ त्यसैले मेरो तर्फबाट सानो भएपनि सहयोग गरेकी हुँ ।' गायिका कबिताले भनिन्, 'ठुलो सहयोग नसकेपछि जस्ताको छानो हालिदिने प्रयास गरेकी हुँ ।' ५८ बर्षिय वंश शारिरीक रुपमा अशक्त छन् भने उनका एक छोरा छन् । वंशकी श्रीमती प्रमिलाले ज्याला मजदुरी गर्दै आएकी छिन् भने छोरा ७ कक्षामा पढ्छन् ।

नेपाली गीतसंगीतको क्षेत्रमा दुईदर्जन बढी गीत गाइसकेकी गायिका कबिताका नियती को खेल, आमै ले भन्थे धाराको पानी (रिमेक) , बिस्तारै बिस्तारै दर्शक तथा स्रोतामाफ लोकप्रिय गीत हुन् ।

video Interview with Kabita Shrestha : Click Here