टार्जन अभिनेता परिवार सहित हवाई दुर्घटनामा निधन

एजेन्सी ।

९० को दशकमा टीभीमा ‘टार्जन’का रुपमा चर्चित बन्नु भएका अभिनेता विलियम जोसेफ लारा उर्फ जो लाराको परिवार सहित हवाईजहाज दुर्घटनामा निधन भएको छ । ५८ वर्षीय जोसेफ शनिबार आफ्नी पत्नी ग्वेन लारा र अरु पाँचजनासँग जेट प्लेनमा यात्रा गर्नुभएको थियो । उहाहरुले चढेको विमान अमेरिकाको न्यासभिलको नजिक पर्सी प्रिस्ट तालमा दुर्घटनाग्रस्त भएको थियो । फायर ब्रिगेड टिम तुरुन्तै घटनास्थलमा पुगे पनि प्लेनमा रहेकालाई बचाउन असफल रह्यो । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

आइतबार मात्रै रदरफोर्ड काउन्टी फायर रेस्क्युका क्याप्टेनले उक्त दृर्घटना निकै भयानक भएको र बाँच्ने सम्भावना नभएको बताउनुभएको थियो । उहाले भन्नु भएको थियो, ‘स्मिर्नानजिक तालमा खोजी र उद्धार अभियान भइरहेको छ । विमानमा रहेका सातजनाको परिचय ब्रान्डन हन्ना, ग्वेन एस लारा, विलियम जोसेफ लारा, डेभिड एल मार्टिन, जेसिका वाल्टर्स र जोनाथन वाल्टर्स भएको पत्ता लागेको छ । टेनेसीको ब्रेन्टवुड निवासी उनीहरुको परिवारका सदस्यबाट पुष्टि भएपछि मात्र सार्वजनिक गरिएको हो ।’

शनिबार बिहान ११ बजे स्मिर्ना रदरफोर्ड काउन्टी एयरपोर्टबाट उडान गरिसकेपछि विमान स्मेर्नानजिकको पर्सी प्रिस्ट तालमा दृर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले पनि पुष्टि गरेको छ । प्रशासनले जारी गरेको वयानानुसार उक्त जेट विमान पाम बिच अन्तराष्ट्रिय एयरपोर्टतर्फ गइरहेको थियो । यस्तै, टेनेसी नेसनल हाइवे पेट्रोलिङ टिमका अनुसार केही व्यक्तिहरुले जेट तालमा झर्दै गरेको देखेका थिए ।