इशान राईको ‘यो दिलमा’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौ ।

द भ्वाइस अफ नेपाल सिजन ३ को नकआउटबाट बाहिरिनु भएका गायक इशान राई नया गीतहरु सार्वजनिक गरिरहनु भएको छ । यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक गरिएको छ । विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ ।

‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई गायक इशानले स्वर दिनु भएको छ ।

चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । इशान ‘धरानकी सान्ननी’ गीतको सफल्तापछि ‘यो दिलमा’ गीतबाटपनि सफल्ताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गर्नुभएको छ ।