‘जुलुङ्गो’लाई उत्कृष्ट जुरी अवार्ड

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड राजेशप्रसाद खत्रीले निर्देशन गरेको ‘जुलुङ्गो’ले प्राप्त गरेको छ । यहि असार ३ गतेदेखी ६ गतेसम्म चारदिन भर्चुअल रुपमा चलेको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जुलुङ्गो उत्कृष्ट भएको हो ।

यसअघि ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसन’ अन्तर्गत छनोट भएको थियो । महोत्सवमा लघु फिल्मतर्फ ’प्याट हेवुड’ र जेमिल मेगिनिसको ‘ग्रामर्सी’ पनि अवार्ड हात पारे । त्यसैगरी रामदास कदावल्लुरको फिल्म ‘मन्नुः स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’लाई स्पेसल जुरी मेन्सन अवार्ड प्रदान गरियो ।

उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गर्यो भने उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यु’लाई दिइयो । त्यस्तै लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्डसमेत जित्यो ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र प्रदर्शन भएका थिए । महोत्सव अवधिभर निःशुल्क चलचित्र प्रदर्शन गरिएको थियो । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्मात–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।

महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब हुनुहुन्थ्यो ।