विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार श्रीराजको ब्राण्ड एम्बेसडर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनका सीईओ राज कार्कीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरी कार्कीलाई ब्राण्ड एम्बेसडर नियुक्त गर्नुभएको छ । कार्कीसँग एकबर्षको सम्झौता गरिएको छ ।</p><p style="text-align: justify; ">खोटाङमा जन्मिएका चित्रकुमारले सन् २०११ मा मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर विश्व रेकर्ड राख्नु भएको थियो&nbsp; विगत तीन वर्षअघि नरदेवीमा सञ्चालनमा आएको श्रीराज कलेक्सन सर्टिङ सुटिङका क्षेत्रमा स्थापित छ । श्रीराजले विभिन्न स्कुल, कलेज, कार्यालय, बैंक, बीमा तथा वित्तीय संस्थाहरुका लागि अफिसियल पहिरन सिलाउँदै आएको छ ।</p><p style="text-align: justify; ">श्रीराजले लकडाउन खुल्नासाथ नयाँ ब्राञ्च सञ्चालनमा ल्याउने तयारी गरिरहेको सीईओ राजले जानकारी दिनुभयो ।&nbsp; उल्टो मोटरसाइकल यात्री चित्रकुमार च्याम्पियन बुक अफ वल्र्ड रेकर्डका नेपाल संयोजक तथा सद्भावना दूत पनि हुनुहुन्छ । उहाँ बिगत १२ वर्षदेखि पत्रकारिता तथा सामाजिक सेवाका काममा पनि सक्रिय हुनुहुन्छ ।&nbsp;</p>