पललाई रियल हिरो सम्मान

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

कोरोना भाइरसको महामारीका बिच बिभिन्न सामाजिक कार्यमा सक्रिए रहनुभएका अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मान गरिएको छ । ‘रजतपट कोशेली अभियान’बाट पललाई कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेको भन्दै सम्मान गरिएको हो । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न ‘रजतपट कोशेली अभियान’ सुरु भएको थियो । जुन टेलिभिजन कार्यक्रम ‘रजतपट’का सञ्चालक प्रकाश सुवेदीले सुरु गर्नुभएको हो ।

पललाई सम्मान प्रदानका लागी सोमबार काठमाण्डौमा कार्यक्रमको आयोजना गरिएको थियो तर पल काठमाडौं बाहिर भएकाले पुनः मंगलबार कार्यक्रमको आयोजना गरेर पलकै उपस्थितीमा सम्मान गरिएको हो । सम्मानपछि पलले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताउनु भयो । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उहाको भनाई थियो । यो सम्मान पाउँदा भावुक भएको बताउँदै उहाले सम्मान पाउनका लागि आफूले सामाजिक काम नगरेको बताउनु भयो । अरुलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेहरुलाई पनि पलले जवाफ दिनुभएको छ ।

पलले भन्नुभएको छ, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उहाले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताउनु भएको छ ।

सोहि अभियानबाट बिरामी पर्नुभएकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो । निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझ्नुभएको थियो । दाहालले नै निशाको अवस्था मेघासम्म पु¥याई उपचारको लागि पहल गर्नुभएको थियो ।

टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म ४ सय बढि कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।