ट्रेन्डिङका कुराः तीजका गीत उकालो लाग्दै

<meta http-equiv="Content-Type" content="text/html;charset=UTF-8">
गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

डिजिटल बजारको दुनियामा अहिले धेरै परिवर्तन आइसकेको छ । नेपालमा पनि पछिल्लो केहिबर्ष यता डिजिटल प्रविधिले छलाङ नै मारेको छ । अहिले गाउँगाउँमा इन्टरनेटको सुविधा भएसँगै हातहातमा मोबाइल फोन छ ।

यस्तै भिडियो हेर्नका लागी अत्यधिक प्रयोगमा आउने भिडियो सेयरिङ साइट ‘युट्युव’ विश्वमै सबैभन्दा धेरै हेरिने भिडियो साइट हो । यसको मोबाइल एपपनि अत्यधिक प्रयोग हुन्छ । गुगल कम्पनीको यो एपमा प्रत्यक्ष देश अनुसारको ट्रेन्डिङका भिडियो हेर्न मिल्ने सुविधा छ । सम्बन्धित देशमा आज कुन भिडियो सबैभन्दा चासोको बिषय बन्यो भन्ने निर्धारण युट्युव ट्रेन्डिङले गर्छ ।

यसैबिच विश्वकै सन्दर्भमा युट्युव ट्रेन्डिङको कुरा गर्ने हो भने गीतसंगीत सबैभन्दा अगाडी आउँछन् । गीतसंगीत मानिसको मनबाट हट्ने कुरै भएन त्यसैले पनि गीतसंगीत युट्युवको ट्रेन्डिङमा बसिरहन्छन् । नेपाल पनि गीतसंगीतसँगै मानिसलाई चासोको बिषय हुने भिडियोहरु युट्युव ट्रेन्डिङमा आइरहेका हुन्छन् । अहिले नेपाली नारीहरुको चाड हरितालिका तीज नजिकिदै गर्दा तीजगीतहरु सार्वजनिक भइरहेका छन् । त्यसैले पनि तीजगीतहरु युट्युव ट्रेन्डिङको उकालो तर्फ बढिरहेको देखिन्छ ।

असार ३० बुधबार साँझसम्मको युट्युव ट्रेन्डिङको लिस्ट हेर्नेहो भने समग्रमा भिडियोहरु ‘मिक्स’ देखिन्छन् । युट्युव ट्रेन्डिङको पहिलो स्थानमा एक ‘सर्ट’ भिडियो आएको छ । जम्मा ४४ सेकेण्डको प्यांक भिडियोले युट्युव ट्रेन्डिङको पहिलो स्थान कायम गरेको छ । यो भिडियो नेपाली भने होइन । यस्तै युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा भने नेपाली हाँस्य टेलिसिरियल ‘सक्कीगोनी’ रहेको छ । टेलिभिजनका सरियल मध्येमा निकै लोकप्रिय यस सिरियल निषेधाज्ञाका कारण लामोसमयदेखी प्रसारण बन्द थियो । पछिल्लो दुईसाता यता प्रसारण हुन थालेको हो । सक्कीगोनीको सिजन दुईको इपिसोड २४ ले युट्युव ट्रेन्डिङको दोस्रो स्थान कायम गर्दा यसअघिको इपिसोड २३ पनि ट्रेन्डिङको २०औं स्थानमा छ ।

यस्तै नेपाली चलचित्र ‘तिमीसँग’को १५ मिनेटको क्लिप पनि युट्युव ट्रेन्डिङको तेस्रो स्थानमा रहेको छ । हाइलाइट्स नेपालले अपलोड गरेको यस चलचित्रको पुरा भिडियो भने आउनै बाँकी छ । यस्तै युट्युव ट्रेन्डिङको चौथो स्थानमा हलिउडको ‘बिटिएस’ ग्रुपको एक गीत रहेको छ । यस्तै पाँचौं स्थानमा अर्को लोकप्रिय टेलिसिरियल ‘जुठे’को १५ औं इपिसोड रहेको छ । यस सिरियलको पनि प्रत्यक सिरिजहरु सातैपिच्छे युट्युव ट्रेन्डिङमा आउने गरेका छन् । यसमा जातिय बिभेदको बिषय उठान गरिएको छ ।

यस्तै युट्युव ट्रेन्डिङको छैठौं स्थानमा कोपा अमेरिका २०२१ को हाइलाइट्स भिडियो रहेको छ । अर्जेन्टिना र ब्राजिल बिचको खेलको उक्त भिडियो झड्दै सात मिलियन पटक हेरिएको छ । ट्रेन्डिङको सातौं स्थानमा पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘हैनर माया’बोलको तीज गीत रहेको छ । उक्त गीत एकसाता अघिनै सार्वजनिक गरिएको हो । पशुपति शर्माको युट्युवमा रहेको उक्त गीतलाई झण्डै १० लाख पटक हेरिएको छ । यसबर्षको तीजपर्व लक्षित गीतहरु दुईसाता अघिदेखी नै सार्वजनिक हुन थालेका छन् ।

युट्युव ट्रेन्डिङको आठौं स्थानमा भने ‘भुन्टीसँग बिहे गरेका सन्तोष स’ मिडियामा’ शिर्षकको एक अन्तर्वार्ता रहेको छ । यस्तै नवौंस्थानमा सज्जन राज बैद्यको ‘पर्खाल’बोलको गीत रहेको छ । उक्त गीतको भिडियोलाई पनि ६ लाख पटक हेरिएको छ । यस्तै दशौंस्थान भने बुहारी बोलको तीज गीतले ओगटेको छ । सन्तोष केसी र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीतमा सासु बुहारीको झगडालाई देखाइएको छ ।

यस्तै तीज गीतकै कुरा गर्दा कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा रहेको ‘हान्छु तिमीलाई लौरीले’बोलको तीज गीत युट्युव ट्रेन्डिङको २८ औं स्थानमा छ । १२ दिन अघि सुभारम्भ डिजिटलमार्फत सार्वजनिक उक्त गीतको भिडियो १५ लाख पटक हेरिएको छ । यस्तै युट्युव ट्रेन्डिङको २९ औं स्थानमा भागीरथ चलाउने र सुनिता बुढाको स्वरमा रहेको ‘थोपडाले’बोलको तीजगीत रहेको छ । यस्तै ३२ र ३३ औं स्थानमा पनि तीज गीतकै भिडियो रहेको छ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)