कल्याणकारी कोषमा वसुन्धराद्धारा १ लाख २८ हजार सहयोग हस्तान्तरण

असार, काठमाडौं ।

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि अभिनेत्री वसुन्धरा भुसालले एक लाख २८ हजार रुपैंया सहयोग प्रदान गर्नुभएको छ ।

केही समय अगाडि अमेरिका भ्रमणको बेला अमेरिकाबाट संचालित टक शो ‘सापटी’मा सहभागी भए बापत उक्त रकम उहाले प्राप्त गर्नुभएको थियो । रकम अहिले हात परेकोले हात पर्ने वित्तिकै कोषका लागि सहयोग गर्नुभएको हो । कोषका लागि उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बुझ्नुभएको थियो । रकम प्राप्त र सहयोगको बिषयमा भुसालले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ । पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा संकलित ४ लाख बढि रकम भने केही अगाडि कोषका लागि दिनुभएको थियो । उक्त समय चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई दिनुभएको थियो । विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा क्रियासिल भुसाल कोषको स्थापनाकालदेखि हालको पनि संयोजक हुन् । कोषमा अहिले ४ करोड बढि रकम जम्मा छ ।

कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।