बल्छि धुर्बे बने गायक, सपनासँगको स्वरमा नयाँ तीजको गीत सार्वजनिक

आर्टिष्ट खबर, साउन, काठमाडौं ।

लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र सपना पौडेलको स्वरमा नयाँ तीजको गीत सार्वजनिक गरिएको छ । अभिनयबाट दर्शकको मन जित्नुभएका मरिचमान अब गायक पनि बन्नुभएको छ । उहाँले यसअघि कुनै गीत औपचारिक रुपमा यसरी गाएर भिडियो सार्वजनिक गर्नुभएको थिएन ।

‘पारिवन हरियो’बोलको तीज गीतको भिडियो मा पनि मरिचमानसँगै हल्का रमाइलोका अधिकांश कलाकारको अभिनय रहेको छ । भिडियोमा मरिचमान र सपनासँगै ‘जुठे’ र ‘हल्का रमाइलो’का अर्का कलाकार तथा निर्देशक राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सबिना आचार्यको अभिनय रहेको छ । गीतकी गायिका सपना राजु पौडेलको श्रीमती हुनुहुन्छ । सपनाले यसअघि पनि केहि गीत गाइसक्नुभएको छ ।

सपनाकै लय शब्द र संगीत रहेको गीतलाई सुदिप सागरले एरेन्ज गर्नुभएको छ । गीतको भिडियो युट्युवमा अपलोड गरिएको एक घण्टाको अवधिमै ५० हजार भन्दा बढी पटक हेरिएको छ ।  भिडियो राजुमास्टर युट्युव च्यानलमा अपलोड छ ।

Video: