विवादमै रमाउने दुर्गेश

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

नेपाली कला क्षेत्रमा चासो राख्ने दर्शकलाई लागी अपरिचित नाम होइन दुर्गेश थापा । म्युजीक भिडियोको क्षेत्रमा होस् या गायनको क्षेत्रमा दुर्गेशको चर्चा निकै हुन्छ । बिशेष गरी म्युजीक भिडियोमा अभिनय गर्दै पछि गायनमा प्रवेश गर्नुभएका दुर्गेशलाई पछिल्लो समयका दर्शक तथा स्रोताले गायक भनेर चिन्छिन् ।

तर अग्रह गायक तथा गायिका अथवा संगीत बुझेकाहरुले दुर्गेशलाई फिचिक्कै गायक भन्न रुचाउदैनन् । किनकी दुर्गेशमा संगीतको ज्ञाननै नभएको संगीतकारहरु बताउदै आएका छन् । हुनत केहि समयअघि सम्मका अन्तर्वार्तामा दुर्गेश आफैले आफू गायक नभई स्टेज पर्फमर भएको बताउँदै आउनुभएको थियो । दुर्गेशले गाउने अधिकांश गीतहरु चर्चामा आउँछन् तर प्रसंसा बटुलेर नभई विवादमा परेर । उहाँले गाउने लगभग सबैजसो गीत कुनै न कुनै तरिकाबाट विवादमा आएकै हुन्छन् ।

‘‘दुर्गेशलाई आफूले गाएको गीत युट्युवको ट्रेन्डिङमा आएन भने निन्द्रै लाग्दैन । बुस्ट (पैसा तिरेर प्रमोट) गरेर हुन्छ कि अथवा टिकटकरलाई टिकटक बनाउन लगाएर हुन्छ कि जसरी पनि युट्युवको ट्रेन्डिङमा ल्याउन कस्सिनुहुन्छ ।’’

चार महिना अघिमात्रै सार्वजनिक भएको ‘सलाई छ सलाई’बोलको गीतले पनि गाँजा शब्द प्रयोग गरिएको भन्दै बिभिन्न आचोलना खेप्नुपर्यो । उक्त गीत सार्वजनिक गर्नुपुर्व दुर्गेशले गाँजा शब्द प्रयोग गर्नेकि नाई भनेर केहि साथीभाईसँग छलफल पनि गरेको बुझिएको छ तर गीत सार्वजनिक भइसकेपछि विवादमा आयो भने झन् चर्चा हुन्छ भनेर दुर्गेश निकट एक मिडियाकर्मि बताउँछन् । बुझिएअनुसार आफू नजिक मिडियाकर्मिलाई दुर्गेशले विवादास्पद शिर्षकमै भएपछि समाचार लेख्न लगाउने गर्नुहुन्छ । जसका कारण गीत थप विवादमा आवस् र चर्चा पावस् ।

यस्तै पाँच महिना अघि सार्वजनिक ‘घमण्डी ब्रो’बोलको गीतका शब्द प्रति पनि अन्य सर्जक तथा दर्शकले आपत्ति जनाएका थिए । तर त्यस्ता कुरामा दुर्गेशले कुनै पनि प्रतिक्रिया जनाएको देखिदैन । अहिलेसम्म कुनै गीतका शब्दले अन्य दर्शक तथा स्रोतामा असर पर्न गएको भएमा भन्दै न कुनै माफि न कुनै विज्ञप्ती नै निकालेको पाइन्छ । बरु दुर्गेशले गीत विवादका बिच युट्युव ट्रेन्डिङमा आएपछि खुसी हुँदै सामाजिक सञ्जालमा स्क्रिनसर्ट समेत राख्न भ्याउनुहुन्छ ।

दुर्गेश आज भन्दा ११ महिना अघि निकै विवादमा पर्नुभयो । एक टेलिभिजन अन्तर्वार्तामा बोल्ने र गीत गाउनेक्रममा विवादमा आएपछि धेरैले दुर्गेशलाई सामाजिक सञ्जालमा आलु जस्तो गायक भन्दै प्रतिक्रिया जनाए । त्यसपछि केहि दिनमै दुर्गेशले ‘आलु जस्तो गायक’ नै शिर्षक राखेर गीत नै सार्वजनिक गर्नुभयो । त्यो बेला दुर्गेशको चर्चा अझै बढेको थियो । दुर्गेश युट्युवको ट्रेन्डिङसँग निकै रमाउने गर्नुहुन्छ । दुर्गेशलाई आफूले गाएको गीत युट्युवको ट्रेन्डिङमा आएन भने निन्द्रै लाग्दैन । बुस्ट (पैसा तिरेर प्रमोट) गरेर हुन्छ कि अथवा टिकटकरलाई टिकटक बनाउन लगाएर हुन्छ कि जसरी पनि युट्युवको ट्रेन्डिङमा ल्याउन कस्सिनुहुन्छ । दुर्गेशको आफ्ना दुईवटा युट्युव च्यानल छ । एउटा आफ्नो नामको छ भने अर्को ‘डि सिरिज’ । गायनको सुरुवातका दिनहरुमा आफ्नै नामको युट्युव च्यानलमा भिडियो अपलोड गर्दा ट्रेन्डिङमा आइरहन्थ्यो । तर पछिल्लो समय उक्त युट्युव च्यानलमा अपलोड भएका भिडियो ट्रेन्डिङमा आउन छाडेपछि ‘डि सिरिज’ नामको अर्को च्यानल चलाइरहनुभएको छ । उक्त ‘डि सिरिज’ युट्युव च्यानल भिडियोहरु ट्रेन्डिङमा नआएकै कारण किनिएको बुझिएको छ ।

दुर्गेशले गाएका केहि गीतहरुले भने सकारात्मक प्रतिक्रिया पाएका छन् । दुईबर्ष अघिको तीजमा सार्वजनिक ‘बिच्च बिच्चमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पायो । उक्त गीतमा कुनै अपाच्य शब्द प्रयोग भएका थिएनन् । त्यसैले पनि दर्शक तथा अन्य सर्जकले पनि उक्त गीतको प्रसंशा गरे । यस्तै १० महिना अघि सार्वजनिक अन्जु पन्तसँगै दुर्गेशको स्वर रहेको ‘तिमी यति राम्रो किन’बोलको गीतले पनि राम्रो चर्चा बटुलेको थियो ।

दुर्गेशले यसबर्षको तीजपर्वलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गर्नुभएको छ । जुन गीत फेरी विवादमा परेको छ । ‘बिच्च बिच्चमा ४’ नाम दिइएको उक्त तीज गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दलाई लिएर अग्रज सर्जक तथा दर्शकले आलोजना गरेका छन् । यसै बिषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ध्यान आकर्षण समेत गराएको छ ।

प्रतिष्ठानले दुर्गेशको नाममा काटेको पत्रमा लेखिएको छ– ‘विगतका वर्षहरु जस्तै यस वर्ष पनि तीज पर्व नजिकिँदै जाँदा गीतसंगीतका माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरु प्रस्तुत गर्दा हजुरको आगामी तीजगीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा संप्रेशित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अन्तर्गत गठित विकृति विसंगती न्यूनिकरण समितिले ठहर गरेकोले यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतीमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भईदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र ईमान्दारिता नै ठूलो हो न कि पैसा र चर्चा ।’

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)