मदन पुरस्कारका लागी ९ पुस्तक छनोट

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">यसबर्षको मदन पुरस्कारका लागी ९ वटा पुस्तक छनोटमा परेका छन् । ‘मदन पुरस्कार–२०७७’ का लागि मदन पुरस्कार गुठीले कुल २२२ पुस्तकमध्ये&nbsp; ९ वटा पुस्तकलाई छनोट गरिएको जनाएको छ ।&nbsp;</p><p style="text-align: justify; ">‘बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो’, गुठीद्वार जारि विज्ञप्तिमा भनिएको छ । छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ ।</p>